१३ असार २०८३, शनिबार

रसिया जाँदै प्रधानन्यायाधीश कार्की

कात्तिक २०, २०७४
रसिया जाँदै प्रधानन्यायाधीश कार्की
काठमाडौँ, २५ बैशाख- एक कार्यक्रमका लागि प्रधानन्यायाधीश सुशिला कार्की रसिया जाने कार्यक्रम रहेको नयाँ पत्रिकाले खबर छापेको छ  । विदेश जाँदा हप्ता १० दिन कार्की उतै बस्ने भएकाले उनले पुराना मुद्दा नहेर्ने र समस्या नबल्झिने विश्वास दलहरूको छ ।sushila
विदेश नगए पनि पुराना मुद्दालाई नबल्झाउने, आफूले मुद्दा नहेर्ने भएपछि सत्तारुढ दल महाअभियोग प्रस्ताव फिर्ता लिन तयार भएको बताइएको छ ।
सत्तारुढ दलहरूले महाअभियोग प्रस्ताव फिर्ता लिएपछि र संसद्को सर्वोच्चताका लागि चोलेन्द्रशमशेर राणाको इजलासले दिएको अन्तरिम आदेशलाई निस्तेज गर्नुपर्ने मत राखिरहेका छन् । गत १७ वैशाखमा सत्तारुढ कांग्रेस–माओवादी केन्द्रका २४९ सांसदले आइजिपी नियुक्तिको प्रकरणको मुद्दामा कार्यपालिकामाथि हस्तक्षेप गरेको भन्दै कार्कीविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गराएका थिए ।

सभामुखले संविधानको धारा १०३ को प्रयोग गरी ‘संसद्लाई आफ्नो कारबाही र निर्णय गर्ने विशेषाधिकार दिएको र अवहेलना गर्नेलाई जेलसमेत पठाउन सक्ने’ अधिकारलाई टेकेर कदम चाल्न केही कानुनी सल्लाहकारले विकल्प दिएका थिए । तर, विवाद बढाउन नहुने भन्दै सभामुखले ४ जेठसम्मका लागि संसद् बैठक स्थगित गरेकी छिन् ।

salt training

कमेन्ट गर्नुहोस्