२२ जेठ २०८३, शुक्रबार

स्वास्थ्य उपकरण खरिद अनियमितता : लेखाले आगामी बैठकमा स्वास्थ्यमन्त्री ढकाललाई बोलाउने

स्वास्थ्य उपकरण खरिद अनियमितता : लेखाले आगामी बैठकमा स्वास्थ्यमन्त्री ढकाललाई बोलाउने
फाइल फोटो

कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले किनेको स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताबारे छलफल गर्न प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले आगामी बैठकमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई बोलाउने भएको छ ।

स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताबारे अध्ययन गरिरहेको लेखा समितिले मन्त्री ढकाल र सचिवलाई समितिमा बोलाउने निर्णय गरेको हो ।

‘यसअघिको बैठकमा भएको छलफल अनुसार आगामी बैठकमा माननीय मन्त्रीज्यू र सचिवज्यूलाई बोलाउने निर्णय भएको हो,’ लेखा समितिका सचिव डा. रोजनाथ पाण्डेले लोकान्तरसँग भने । 

समितिले यसअघि ओम्नी ग्रूपसँग भएको स्वास्थ्य सामाग्री खरिदबारे तत्कालीन स्वास्थ्य सचिव र स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशकसँग छलफल गरेको थियो । लेखा समितिमा उपस्थित उनीहरूले कोरोना रोकथाम नियन्त्रण सम्बन्धी उच्चस्तरीय समन्वय समितिको दबाबमा खरिद प्रक्रिया अगाडि बढाएको बताएका थिए । 

प्रारम्भिक अध्ययनमा लेखाले स्वास्थ्य उपकरण खरिदमा बदमासी भएको निष्कर्ष निकालेको थियो । बैठकको मिति तय भइनसके पनि अर्को हप्ता समितिको बैठक बस्ने उनले बताए । 

बिहीवार बसेको लेखा समितिको बैठकमा वैज्ञानिक वन व्यवस्थापनका नाममा भइरहेको वन फडानी अनुगमन गर्न गठित समितिले प्रतिवेदन बुझाएको सचिव डा. पाण्डेले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्