
काठमाडौं । पछिल्लो समय एसिड आक्रमणका घटना बढ्दै गएपछि सरकारले आक्रमणकारीलाई कारबाही गर्ने कानुन बनाउन अध्यादेश ल्याउने निर्णय गरेको छ । संसदीय समितिका साथै सरोकारवालाले कडा कानुन बनाएर आक्रमणकारीलाई कारबाही गर्न सुझाएको सन्दर्भमा सरकारले सोसम्बन्धी कानुन बनाउन अध्यादेश ल्याउने निर्णय गरेको हो।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अध्यादेश ल्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । सोका लागि १५ दिनभित्र कानूनको मस्यौदा तयार गरिसक्न कानूनमन्त्री र सम्बद्ध निकायलाई मन्त्रिपरिषद्ले निर्देश गरेको ती मन्त्रीको भनाइ छ ।