
महिलाको लागि यो खुसीको समाचार हुन सक्छ । यौनबाट पुग्ने फाइदा जानेर ।
एक नयाँ अध्ययनका अनुसार महिलाले धेरै यौन सम्पर्कले उनीहरुको स्मरण शक्ति बढ्न सक्छ ।
मान्ट्रियलको म्याकगिल विश्वविद्यालयले गरेको एक रिसर्च अनुसार यौनसम्पर्कले महिलालाई शब्द याद गर्ने क्षमता बढाउछ ।
अध्ययनका अनुसार एक स्वस्थ्य जवान युवतीको स्मरण शक्तिलाई राम्रो बनाउन सहयोग गर्छ । यसअघि पशुहरुमा यौनको असकका बारेमा अध्ययन गरिएको थियो ।
यसपछि रिसर्च टीमले विश्वविद्यालयमा अध्ययनरत युवतीहरुमा यसको प्रयोग गरेको हो । यसका साथै १८ देखि २९ वर्ष उमेर समूहका ७८ महिलालाई शब्द तथा अनुहारमा आधारित एक कम्प्युटर कार्यक्रममा सामेल गरिएको थियो ।
जर्नल आर्काइव्स अफ सेक्सुअल बिहेवियरमा छापिएको नतिजा अनुसार शब्दको याद गर्ने क्षमतामा अधिक यौन सम्पर्कको सकारात्मक असर देखिएको थियो । अध्ययनका अनुसार महिलामा अधिक यौन हिप्पोकम्पस (दिमागको एक हिस्सा) मा नयाँ तरंग बनेको छ ।
एजेन्सीको सहयोगमा