
पूर्वीय मान्यताअनुसार बिवाहलाई एक पवित्र बन्धन मानिन्छ, जो केवल शरीरको मात्र नभई मन र आत्माबीचको पनि बन्धन हो । वैदिक मान्यताअनुसार जीवनका महत्वपूर्ण १६ संस्कारमध्ये बिवाह पनि एक हो । र यस संस्कार (बिवाह) बिना जीवन अपूर्ण मानिन्छ ।
बिवाहको शाब्दिक कुनै उत्तरदायित्व बहन गर्नु मानिन्छ । जब केटा र केटी पती–पत्नीमा रुपान्तरण हुन्छन्, उनीहरुले एकसाथ पारिवारिक जिम्मेवारी वहन गर्नुपर्छ । हिन्दु परम्पराअनुसार बिधिवत् हिसाबले बिवाह गर्दा आगोलाई साक्षी राखेर नवदम्पतीले एकअर्कालाई सात बचन दिने गरिन्छ । वास्तवमा त्यो सात बचन मनन र अनुसरण गर्ने हो भने दाम्पत्य जीवनमा कहिं खटपट आउँदैन ।
पहिलो बचनपहिलो बचनमा कन्यले बरलाई भन्छिन्, ‘तपाई कुनै तीर्थयात्रामा जानुहुन्छ, ब्रत(उपबास गर्नुहुन्छ, धार्मिक कार्य गर्नुहुन्छ भने त्यसमा मलाई पनि सामेल गराउनुहोस् ।’
दोस्रो बचनदोस्रो बचनमा कन्यले आफ्नो बरसँग बचन माग्छिन्, ‘जुन हिसाबले तपाई आफ्ना मातापिताको सम्मान र प्रतिष्ठामा ध्यान दिनुहुन्छ, त्यसैगरी मेरो मातापितालाई पनि सम्मान गर्नुहोस् । साथै परिवारको मर्यादालाई ख्याल राख्नुहोस ।’
तेस्रो बचनतेस्रो बचनमा कन्यले बरसँग जीवनको महत्वपूर्ण तीन अवस्था युवाअवस्था, प्रौढअवस्था र वृद्धावस्थामा आफूलाई साथ दिनुपर्ने बचन माग्छिन् ।
चौथो बचनचौथो बचनमा कन्यले बरसँग भन्छिन्, ‘अहिलेसम्म तपाई पारिवारिक दायित्वबाट मुक्त हुनुहुन्छ । तर बिवाहपछि परिवारको जिम्मेवारी तपाईको काँधमा आउँछ । परिवारको सबै दायित्व तपाईले पुरा गर्नुपर्ने हुन्छ, सो कुरामा सक्षम हुनुहुन्छ भने म तपाईलाई स्विकार्न सक्छु ।’
पाँचौ बचनपाँचौं बचनमा कन्यले बरसँग भन्छिन्, ‘जब तपाई घरको काममा, लेनदेन वा अन्य काममा, केहि खर्च गरेको समय मेरो सल्लाह र सहभागिता पनि खोज्नुहुन्छ भने म तपाईलाई स्विकार्छु ।’
छैठौं बचनकन्यले बरसँग भन्छिन्, ‘यदि म आफ्ना साथी वा अन्य महिलासँग बसेको छु भने तपाईले मेरो अपमान गर्नु हुँदैन ।’
सातौं बचनकन्याले अन्तिम बचन माग्छिन्, ‘यदि तपाईले म साथै अन्य महिलालाई आमा समान मान्नुहुन्छ र हाम्रो प्रेमको बिचमा अरुलाई प्रवेश गर्न दिनुहुन्न भने म तपाईसँग विबाह गर्न राजी छु ।’