बलिउडमा ड्रग्स मुद्धा निकै नै चर्चित बनेको छ । शुक्रवार एनसीबीले रकुलप्रीत सिंहसँग सोधपुछ गरेको छ ।
रकुलप्रीतले भने रिया चक्रवर्तीलाई दोषारोपण गरेकी छन् ।
एनसीबीसँग रकुलले आफूले लागुपदार्थ सेवन नगर्ने बताएकी छिन् । तर एनसीबी यसमा विश्वस्त नभएको स्रोतको हवाला दिँदै भारतीय मिडियाहरूले समाचार लेखेका छन् ।
रकुलले लागूपदार्थ सेवन गर्नेहरूसँग सम्बन्ध राख्न पनि अस्विकार गरेकी छन् ।
रकुलले सन् २०१८ मा रियासँग ड्रग्स च्याट भएको भने स्विकारेकी छिन् । रियाले च्याटमा ड्रग्स मागिरहेको एनसीबीलाई बताएकी छिन् ।
रियाको ड्रग्स उनको घरमा रहेको समेत बताइएको छ । उनीसँगको सोधपुछमा यती कुरा आएपछि एनसीबीको टोलीले उनले बताएको कुराको सत्यता जाँच्नेछ, अनुसन्धान गर्ने छ ।
उनीमाथिको अनुसन्धान जारी रहने समेत एनसीबीले बताएको छ ।