
अर्जेन्टिनाका एक सांसदले भिडियो कन्फरेन्स भइरहेको समयमा प्रेमिकासँग यौनकर्ममा लिप्त भएपछि माफी माग्दै राजीनामा गरेका छन् ।
३ सन्तानका पिता जुआन एमिलियो अमेरी भिडियो कन्फरेन्समार्फत संसदको एक सेसनमा सहभागी भएका थिए । उता कन्फरेन्स चलिसकेको थियो तर प्रेमिकासँग उनको यौनकर्म भने सकिएन ।
उनको र प्रेमिकाको हर्कत अन्य सांसदहरूले देखे र उनलाई तत्कालै निलम्बन गर्न माग गरेका थिए ।
प्रादेशिक ऋणसम्बन्धी भएको छलफलमा अमेरीले यस्तो हर्कत गरेका हुन् । अन्य सांसदहरूले राजीनामा मागेपछि संसदीय समिति प्रमुख सेर्गियो मासाले अधिवेशन स्थगित गरेका थिए । त्यसपछि अमेरीले राजीनामा गरे ।
राजीनामा गरेपछि एक स्थानीय रेडियोमा बोल्दै अमेरीले संसदीय अधिवेशनमा आफूले यस्तो जानाजान नगरेको स्पष्टिकरण दिएका छन् ।
‘मेरो घर वरिपरी इन्टरनेट एकदमै स्लो छ,’ उनले भनेका छन्, ‘मैले कन्फरेन्स चालू भएको थाहा पाइन । अनि त्यस्तो दुर्घटना हुन पुग्यो ।’
अमेरीसँग शारीरिक सम्पर्कमा लिप्त महिला उनकै सल्लाहकार हुन् । उनको नाम सेलेस्ते बुर्गोस हो ।
३ सन्तानका पिता अमेरी आफ्नी श्रीमती अलेजन्द्रा स्कुदेरोसँग पारपाचुके गर्ने तयारीमा छन् ।
अमेरीलाई उनको पहिलो कार्यकालमा पनि एक किशोरीलाई यौन उत्पीडन गरेको आरोप लागेको थियो ।
यो खबर डेलीमेलको अनलाइन संस्करणमा प्रकाशित छ ।