२७ जेठ २०८३, बुधबार

चीनको वुहानमा कोरोना भाइरसको रिपोर्टिङ गर्न जाँदा गायब भएका पत्रकार भेटिए

चीनको वुहानमा कोरोना भाइरसको रिपोर्टिङ गर्न जाँदा गायब भएका पत्रकार भेटिए

गत फरबरीमा चीनको वुहानमा कोरोनाभाइरसको रिपोर्टिनङ गर्न जाँदा हराएका पत्रकार चेन किउसी अहिले आफ्नो घरमा फेला परेका छन् ।

कानून व्यवसायीसमेत रहेका ३४ वर्षका चेन कोरोना भाइरसको रिपोर्टिङ गर्न वुहान गएलगत्तै हराएका थिए । उनले कोरोना भाइरसले वुहानमा ल्याएको भयावह समस्याबारे बनाएका सामग्री इन्टरनेटमा राखेका थिए । जसका कारण विश्वलाई चीनको वुहानमा के भइरहेको छ भन्ने थाहा भयो ।

झन्डै ८ महिना यता कसैको सम्पर्कमा नआएका पत्रकार चेन अहिले चिनियाँ सरकारको निगरानीमा घरमै रहेको उनका साथीहरूले बताएका छन् । उनी पूर्वी चीनको किंगदो शहरमा बस्छन् ।

चेन वुहानमा लक-डाउन शुरू हुनेबित्तिकै पुगेका थिए । उनले कोरोना भाइरस संक्रमणका कारण बिरामी हुने र मृत्यु हुनेहरूको तस्वीर र भिडियो सार्वजनिक गरेका थिए ।

केही दिनमा नै उनी गायब भए । उनी हराएको खबर ट्वीटरबाट सार्वजनिक भएको थियो । उनी हराएपछि उनकी आमाले आफ्नो छोरा खोजिदिन भन्दै एक भिडियो सन्देश जारी गरेकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्