०१ असार २०८३, सोमबार

बालिका बलात्कारपछि हत्या प्रकरणः प्रहरीमा पर्यो जाहेरी

बालिका बलात्कारपछि हत्या प्रकरणः प्रहरीमा पर्यो जाहेरी

बझाङको मष्टा गाउँपालिकामा १२ वर्षिया एक बालिकाको बलात्कार पछि हत्या भएको भन्दै बालिकाका हजुरबुबाले किटानी जाहेरी दिएका छन् । बुधबार साँझ गोठमा गाईवस्तुलाई घाँस हाल्न हिँडेकी बालिकाको जबरजस्ती करणी गरी हत्या गरेको भन्दै शुक्रबार मृतक बालिकाका हजुरबुबाले जिल्ला प्रहरी कार्यालय बझाङमा किटानी जाहेरी दिएका हुन् ।

मृतकका हजुरबुबाले घटना पश्चात प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएका मष्टा घर भएका राजेन्द्र बोहराको नाममा जवरजस्ती करणी गरी हत्या गरेको अभियोगमा किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी रुपक खड्काले बताए । किटानी जाहेरी दर्ता भइसकेको हुँदा घटनाको तिब्र रुपमा अनुसन्धान भइरहेको भन्दै उनले अपराधी उम्केर भाग्न नसक्ने डिएसपी खड्काको भनाइ छ ।

 

salt training

कमेन्ट गर्नुहोस्