०७ असार २०८३, आइतबार

३९ वर्षीय म्याक्रोले फ्रान्समा चुनाव जित्नुका यी हुन् ५ कारण

कात्तिक २०, २०७४
३९ वर्षीय म्याक्रोले फ्रान्समा चुनाव जित्नुका यी हुन् ५ कारण

काठमाडौं, २५ वैशाख- इम्यानुएल म्याक्रोले जितेसँगै फ्रान्समा राजनीतिक भूइचालो गएको छ । एक वर्ष पहिलासम्म फ्रान्सको इतिहासमा सवैभन्दा अलोकप्रिय राष्ट्रपतिको सरकारमा एक मन्त्री इम्यानुएल म्याक्रोले फ्रान्सको राजनीतिमा उथल पुथल मच्चाइदिए ।

३९ वर्षको उमेरमा फ्रान्समा मूख्यधारको बामपन्थी तथा उदारवादी पार्टीलाई पछारेर उनले फ्रान्समा चुनाव जितेका हुन् ।

म्याक्रोलाई ६६.०६ प्रतिशत भोट आएको छ भने उनको प्रतिद्धन्दी दक्षिणपन्थी मरी ल पेनलाई ३३.९४ प्रतिशत मात्र भोट प्राप्त भएको छ ।

यी हुन् म्याक्रोका जीतको प्रमुख पाँच कारण


१. भाग्यको खेल


इम्यानुएल म्याक्रोको जीवनका यो त्यस्तो सयोग हो जतिखेर उनका प्रतिपर्धिका कारण उनलाई फाइदा पुगेको छ । यसलाई भाग्योदयको रुपमा लिइएको छ ।

राष्ट्रपति पदको दौडको शुरुवातमा रिपब्लिकन उम्मेदवार फ्रास्वा फियो विवादमा फसे भने सोशलिस्ट उम्मेदवार बेनवा एमोले पनि पार्टीको पुरानो गुटबाट अलग भए ।

पेरिस आधारित टेरा नोवा संस्थाका मार्क ओलिवियर पैडिसका अनुसार,‘उनी बहुत भाग्यशाली थिए किनकी उनको अगाडि यस्तो स्थिति आयो जसलाई कसैले कल्पनासमेत गरेका थिएनन् ।’

२. चतुर

भाग्य मात्र होइन जीतमा म्याक्रोको चतुरता पनि काम लाग्यो । उनी सोशलिस्ट पार्टीका उम्मेदवारको लागि लड्न सक्थे । तर उनले वर्षौदेखि सत्तामा रहेको पार्टीप्रति जनाताको निराशा रहेको बुझे । उनले उक्त पार्टीबाट उम्मेदवार बन्दा मतदाताले नसुन्ने अनुमान लगाए । पेडिस भन्छन्,‘जब मतदाता नयाँ खोजिरहेका थिए, उनले आफ्ना लागि एक मौका देखे ।’

यूरोपमा कयौं स्थानमा राजनीतिक आन्दोलन उठे । जस्तो स्पेनमा पादेमाँस, इटलीको फाइव स्टार मूभमेन्ट, तर यसमध्ये कुनै पनि फ्रान्स जस्तो ठूलो राजनीतिलाई पल्टाउन सफल भएनन् ।

म्याक्रोले अप्रिल २०१६ मा जनशक्ति आधारित एन मार्शे आन्दोलनको स्थापना गरे र चार महिना पछि फ्रास्वा ओलानन्दको सरकारबाट राजीनामा दिए ।

३. फ्रान्समा नयाँ शुरुवात गरे

पेरिसमा एक स्वतन्त्र पत्रकार एमिली स्कलथीसका अनुसार अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाको २००८ को चुनाव प्रचारबाट प्रेरणा लिएर म्याक्रोले एन मार्शेको स्थापना गरे । उनले जमिनमा काम गर्नका लागि एन मार्शेको कार्यकर्तालाई तीन लाख घरमा पठाए ।

यी कार्यकर्ताले घर घरमा गएर पर्चामात्र बाढेनन् । उनीहले देशभरमा २५ हजारसँग विस्तृत(करीब १५ मिनेटको) अन्तरवार्त एकिकृत गरे ।

एमिली भन्छन्,‘एक ठूलो समूह म्याक्रोको लागि देशका अवस्था जाच्ने कोशिश गरिरहेका थिए, उनीहरुले यो पनि सुनिश्चित गरे की समय रहदै उनीहरुको आन्दोलनका लागि मासिनसहरुको सम्पर्क बनाउन सकियोस् । कार्यकर्तालाई हरेक घरको ढोकामा जानका लागि तालिम दिइएको थियो । ’

४. सकारात्मक सन्देश

कयौं विरोधाभासका बीच म्याक्रोको राजनीतिक छवी बढेको थियो । राष्ट्रपति ओलान्दका शिष्य, आर्थिक मन्त्री, पूर्व वैंकर जो एक जमिन आन्दोलन चलाइरहेका थिए । एक उदारवादी नेता जोसँग सरकारी संयन्त्रलाई सही बनाउनका लागि एक योजना रहेको छ ।

उनकी प्रतिद्वन्द्वी मरी ल पेनले संवृद्धीको उम्मेदवार भनेकी थिइन् । तर आफूलाई एक अर्को फ्रास्वा ओलान्द जस्तै गरि पेश गेर्ने विरोधीहरुलाई म्याक्रोले सफल हुन दिएनन् । उनले आफूलाई यस्तोसँग प्रस्तुत गरे की चाहना राख्नेहरुले आफूलाई सम्झन सक्छन् ।

मार्क ओलिविएर पैडिस भन्छन् ‘फ्रान्समा पछिल्ला दिनहरुमा धेरै निराशाको माहोल रहेको छ र एक आशाको सकारात्मक सन्देश लिएर उनी आए । ’

६ उनी मरी ल पेन विरुद्ध उठे

मरी ल पेन नकारात्मकताका रुपमा देखिएकी थिइन् । आप्रवासन, यूरोपीय संघ तथा पद्दतीको विरुद्धमा उनी उभिएकी थिइन् ।


म्याक्रोको चुनावी -यालीमा माहोल सकारात्मक थियो । चुनावी कार्यक्रममा चमक–दमक प्रकाश, पप संगीत बजाइएको थियो । त्यही मरी ल पेनका कार्यक्रमको विरुद्ध प्रदर्शन भइरहेको थियो । सुरक्षा व्यवस्था कडा गरिएको थियो, आक्रामक वातावरण थियो ।

कयौं मानिस अस्थिर गर्नेवाला तथा भागवण्डावाला दक्षिपन्थी राष्ट्रपतिको सम्भावनाबाट डराएका थिए । उनीहरुले म्याक्रोले ल पेनको बाटो रोक्न सक्छन् भन्ने आशा लिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्