
बलिउडमा लागुऔषध ड्रग्स सेवन प्रकरण निकै जोडतोडले बाहिर आएको छ ।
एनसीबीले पछिल्ला दिनमा विभिन्न चर्चित अभिनेत्रीहरूमाथि सोधपुछ गरिरहेको छ ।
एनसीबीले आज दीपिका पादुकोणसँग
सवालजवाफ गर्नेछ । दीपिकाले आजदिने जवाफलाई पनि एनसीबीले केरकार गर्दै थप अनुसन्धान गर्नेछ ।
दीपिकासँग सोध्नका लागि एनसीबीले केही प्रश्नहरूकामे सूची नै बनाए राखेको बताइएको छ ।
दीपिका बिहीवार रातिदेखि गोवाबाट मुम्बईमा छिन् । उनका पति रणवीर सिंह उनको साथ छन् ।
करिब ३ महिनाअघि चर्चित अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु पछि ड्रग्सको विषय बाहिर आएको हो ।
सोहीप्रकरणमा मुछिँदा नायिका रिया चक्रवर्ती न्यायीक हिरासतमा छिन् । एनसीबीले शुक्रवार मात्रै रकुलप्रीत सिंहसँग सोधपुछ गरेको थियो ।
रकुलले रियासँगको ड्रग्स च्याट स्विकार गरेकी छिन् । यस्तो स्किारोक्तीसँगै बलिउडकर्मीहरू थप चिन्तित बनेको बताइन्छ ।
रकुल र रियासँगको ड्रग च्याटमा दीपिका पनि मिसिएकी छिन् ।