
भोज कुमार धमला
पर्खाल एता
भोकले पेट दुखे पनि
पर्खाल उता
खुसियाली पुष्प ब्रिस्टि
हेर्नु पर्या छ
देशको खुसि मेरो खुसि
फूल माथि मेरा नजर
पार्नु पर्या छ
नेता आफ्नै पेट भर्छन्,
मेरा खुशी यिनका अघि
सेर्नु पर्या छ
जालझेल गर्छन, बोल्छन् मिठो
भेट हुदा खेरि, मन नलागी
यिनकै मुख हेर्नु पर्या छ
भोको पेट दौडीराछु
देश बन्छ रे भन्ने आसमा
त्येसैले त यिनको झेल
हेर्नु पर्या छ
मत फगत एउटा फकिर,
नतमस्तक
देशमा भाको ब्रम्हलुट
हेर्नु पर्या छ
न त द्रोह गर्न सक्छु,
न त लुट प्यारो लाग्छ
फेरी पनि गन्धे खेल हेर्नु पर्या छ
अस्मिता यो मेरो देशको
छिमेकीले लुट्दा पनि
नजर झुकाई टुलुटुलु
हेर्नु पर्या छ