भारतका पूर्व मन्त्री जसवंत सिंहको ८२ वर्षको उमेरमा आइतवार निधन भएको छ ।
केही समयदेखि स्वास्थ्यमा समस्या देखिएका उनलाई २५ जूनमा दिल्लीको आर्मी अस्पतालमा भर्ना गरिएको थियो ।
उनको मल्टीअर्गन डिसफंक्शन सिन्ड्रोमका साथै सेप्सिसको उपचार भइरहेको थियो ।
आइतवार उनलाई हृदयघात भएको बताइएको छ ।
उनको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुख व्यक्त गरेका छन् ।
भारतीय प्रधानमन्त्री मोदीले ट्वीट गर्दै जसवंत सिंहले पूरा समय देशको सेवा गरेको स्मरण गरेका छन् । उनको निधनले आफू दुखी भएको मोदीले लेखेका छन् ।