
पहिलो साङ्गीतिक एल्बम “युग“ मार्फत एक दशक अगाडि गायन क्षेत्रमा प्रबेश गरेका गायक बिमल पराजुली को दोस्रो एल्बम फिरिरिको सार्वजनिक भएको छ ।
राजधानीको शर्बनाम थियटरमा एक कार्यक्रमकाबीच फिरिरिको बिमोचन गरिएको छ ।
संगीत तथा नाट्य प्रज्ञा प्रतिठानका कूलपती तथा वरिष्ठ साहित्यकार सरुभक्त प्रमुख अतीथि रहेको उक्त कार्यक्रममा गायक बिमल पराजुली ले एल्बममा समावेश भएको गीतहरु गाएका थिए ।
भिडियो निर्देशक रमेश बाबा नेपालद्वारा निर्देशित “तिमी उस्तै रुवाउने“ बोलको गीतको म्यूजिक भिडियो समेत प्रदर्शन गरिएको थियो ।
उक्त कार्यक्रममा राजु सिंह ,डा . देवी नेपाल हरी लम्साल प्रभाति किरण, मनोज भण्डारी लगायतले बिमलको गीतमाथि समिक्षा गरेका थिए ।
बिमल पराजुलीको एकल गायन र संगीत रहेको फिरिरि एल्बममा क्रमशः शब्द प्रकट पगेनी (शिव), बिजय राज पौडेल,रमेश सुबेदी, चिरञ्जिवी आचार्य र जय गौडेलको रहेको छ भने सबै गीत प्रणय भाबमा आधारित छन् ।