३० असार २०८३, मंगलबार

रामलखन जयसवाल मृत्यु प्रकरणमा संसदीय छानबिन गर्न माग

रामलखन जयसवाल मृत्यु प्रकरणमा संसदीय छानबिन गर्न माग

वीर अस्पतालमा उपचारको क्रममा निधन भएका रामलखन जयसवालको मृत्यु प्रकरणबारे सत्य, तथ्य कुरा बाहिर ल्याउन सरकारसँग माग गरिएको छ । नेपाल कलवार कल्याण समिति, काठमाडौंले जयसवालको मृत्युको वास्तविकता पत्ता लगाउन संसदीय छानबिन आयोग गठन गर्नुपर्ने समेत माग गरेको छ ।

आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेर समितिले जयसवालको परिवारलाई उचित क्षतिपूर्तिसहित न्यायको व्यवस्था गर्नुपर्ने माग गरेको छ । समितिका अध्यक्ष रामचन्द्र साहले जयसवालको परिवारले उचित न्याय पाउनुपर्ने बताए । उनले भने,‘सरकारले पीडित परिवारलाई न्याय दिनुपर्छ । सरकारले यो विषयमा पर्याप्त ध्यान दिनुपर्छ । परिवारले अघि सारेका मागहरु चाँडोभन्दा चाँडो सम्बोधन हुनुपर्छ ।’

उनले पोष्टमार्टमको रिपोर्ट पनि चाँडै सार्वजनिक गर्न आग्रह गरेका छन् । कार्यक्रममा मृतक जयसवालकी भाइ बुहारी पुनम जयसवालले यो प्रकरणमा सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेर दोषीलाई कठोरभन्दा कठोर सजाय दिन माग गरिन् ।

salt training

कमेन्ट गर्नुहोस्