२३ असार २०८३, मंगलबार

अक्षय कुमारको वेबसाइटका नाममा ठूलो धोकाधडी

कात्तिक २०, २०७४
अक्षय कुमारको वेबसाइटका नाममा ठूलो धोकाधडी

काठमाडौं, २५ वैशाख — एक महिनाअघि बलिउड कलाकार अक्षय कुमारले भारत के वीर नामक वेबसाइट शुरु गरेका थिए । वेबसाइट बन्न तीन महिना लाग्यो र यसमा भारत सरकारको पनि सहयोग रह्यो । सेनाका शहीदहरूलाई सहायता गर्नका लागि यो वेबसाइटले अवसर प्रदान गरेको छ ।


तर केही व्यक्तिले यसको गलत फाइदा उठाउने कोशिश गरेका छन् । सामाजिक सञ्जाल ह्वाट्सएपमा आजभोलि गलत सन्देश प्रवाहित भइरहेका छन् ।

सन्देशमा एउटा बैंक खाता दिएर पैसा दान गर्न आह्वान गरिएको छ ।

बिग एफएमका आरजे गौरवले यो ह्वाट्सएप सन्देशको गहिराइमा गएर हेरे । त्यसपछि उनले सन्देशमा उल्लेख भएअनुसार सिन्डिकेट बैंकको ग्राहक सेवामा कल गरे । अकाउन्टको डिटेलका बारेमा उनले कुरा गरे ।

बैंक खाता सन् २०१६ मा खोलिएको थियो भने अभियान त बल्ल अप्रिल २०१७ मा शुरु भएको थियो । भनेपछि त्यो अर्कै प्रयोजनका लागि खोलिएको खाता थियो ।

यो खातामा हालिएको पैसा शहीदको परिवारलाई पुग्छ कि पुग्दैन थाहा छैन । यो ठगीको मुद्दा जस्तो देखिन्छ ।
यसो हो भने भारतीय सैनिकको नाममा ठगी चलिरहेको छ र यो लज्जास्पद हो ।

अक्षय कुमारले यसका बारेमा थाहा पाएपछि चित्त दुखाए । उनले अन्त कतै पैसा नहालिकन भारत के वीर वेबसाइटमा मात्र पैसा हाल्न आह्वान गरेका छन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्