२४ जेठ २०८३, आइतबार

पीसीआर परीक्षणपछि मात्र परीक्षामा बस्न पाउने निर्णय राेक्न निर्देशन

असोज १२, २०७७
पीसीआर परीक्षणपछि मात्र परीक्षामा बस्न पाउने निर्णय राेक्न निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षा दिने विद्यार्थीलाई पीसीआर परीक्षणपछि मात्रै परीक्षामा बस्न दिने निजी मेडिकल कलेजको निर्णय कार्यान्वयन नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

पीसीआर परीक्षण गरेपछि मात्र रिपोर्टको आधारमा परीक्षामा सामेल गराउने निर्णय अवैज्ञानिक भएको भन्दै लक्षण नदेखिएका कुनै पनि विद्यार्थीलाई पीसीआर परीक्षण गर्नु कुनै पनि दृष्टिकोणबाट वैज्ञानिक नभएको बताएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोभिडविरुद्धको अभियानमा समेत यसले खलल पु¥याउने भन्दै विभिन्न पेशा, व्यवसायमा संलग्न कोही पनि व्यक्ति, फ्रन्ट लाइनमा काम गर्ने व्यक्तिमा लक्षण देखिएकालाई परीक्षामा सामेल गराउन निर्देशन दिए।

उहाँले कन्ट्याक्ट ट्रेसिङमा परेका र आइसीयूमा भर्ना भएका व्यक्तिहरुको मात्र पिसिआर गर्नुपर्ने दायरा सरकारले निर्धारित गरेको भन्दै त्यसबाहेकका व्यक्तिको पीसीआर गराउनु पूर्णतः अवैधानिक हुने बताए ।

लुम्बिनी मेडिकल कलेज, नेपालगञ्ज मेडिकल कलेज, विराट मेडिकल कलेज, काठमाडौँ मेडिकल कलेजलगायतले विद्यार्थीलाई पीसीआर गरेर मात्रै परीक्षामा सहभागी हुनुपर्ने पत्र पठाएपछि केही विद्यार्थीले आइतबार पत्र लिएर मन्त्रालयको ध्यानाकर्षण गराएका थिए । सरोज ढुंगेलले गोरखापत्र दैनिकमा खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्