नवलपरासी, २५ वैशाख– नवलपरासीको रामग्राम नगरपालिका–१० मन्झरियामा मोटरसाइकल दुर्घटना हुँदा एकजना म्यादी प्रहरीको मृत्यु भएको छ ।
दुर्घटनामा नवलपरासीकै रामग्राम १२ निवासी २५ वर्षीय राजसिंह चौधरीको मृत्यु भएको हो । उनी निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना भएका थिए ।
परासीबाट भैरहवातर्फ जाँदै गरेको लु२५प ६७७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किदा दुर्घटना भएको जनाइएको छ ।