०१ असार २०८३, सोमबार

काठमाडौंमा थपिए ८१७ कोरोना संक्रमित

काठमाडौंमा थपिए ८१७ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा राजधानी काठमाडौं उपत्यकामा ८१७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

कोभिड–१९ को पछिल्लो अद्यावधिक विवरण सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं जिल्लामा ६४९, ललितपुरमा १३२ र भक्तपुरमा ३६ संक्रमित थपिएका जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ३५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोभिड–१९ को राष्ट्रिय अद्यावधिक विवरण सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले १० हजार ८० जनाको पीसीआर परीक्षण गर्दा १ हजार ३५१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ रहेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा ८ हजार ६९५ र होम आइसोलेसनमा १० हजार ९२९ जना रहेका छन् ।

हाल क्वारेन्टीनमा ६ हजार ३१० जना रहेका छन् । हालसम्म भएका संक्रमितमध्ये ५४ हजार ६४० जना डिस्चार्ज भइसकेका छन् । कोरोना निको हुने दर ७३.१% रहेको प्रवक्ता गौतमले बताए ।

हाल आईसीयूमा २२५ र भेन्टिलेटरमा ३१ जना संक्रमितको उपचार भइरहेको प्रवक्ता गौतमले बताए ।

salt training

कमेन्ट गर्नुहोस्