०५ असार २०८३, शुक्रबार

योग ज्ञान एवं साधना सप्ताह शिविर आयोजना गरिने

असोज १२, २०७७
योग ज्ञान एवं साधना सप्ताह शिविर आयोजना गरिने
प्रतिकात्मक तस्वीर

नेपाल आर्य समाजले ‘वैदिक वाङ्मयमा योग ज्ञान एवं साधना सप्ताह’ शिविर आयोजना गर्ने भएको छ ।

सोमवारदेखि प्रत्येक दिन बेलुकी ७ः३० देखि राति ९ बजेसम्म जुम प्रविधिबाट कार्यक्रम आयोजना गर्न लागिएको समाजका अध्यक्ष डा. माधवप्रसाद उपाध्यायले जानकारी दिए ।

सोमवार बेलुकी योगाचार्य सुवोध सिम्खडाले ‘वेद र योग विद्याको अन्तर सम्बन्ध’ विषयमा प्रवचनका साथमा साधना गराउने छन् । असोज १३ गते डा. राजु अधिकारीले ‘योग वेददेखि विश्वसम्म’, असोज १४ गते योगाचार्य उमाशंकर जोशीले ‘वेदान्त दर्शनमा योग ज्ञान’ र असोज १५ गते योगाचार्य फलनारायण पोखरेलले ‘श्रीमद्भवद्गीतामा योगको स्वरुप’का विषयमा प्रशिक्षण दिनेछन् ।

असोज १६ गते डा. चिन्तामणि गौतमले ‘उपनिषद्मा योग विद्या’, असोज १७ गते डा. टिपी धमलाले ‘उपनिषद्मा योग ज्ञान एवं साधना’ र असोज १८ गते डा. क्षितिज बराकोटीले ‘वैदिक वाङ्मयमा मानसिक स्वास्थ्य’ विषयमा प्रवचनका साथै योग साधनासमेत गराउनुहुने समाजले जनाएको छ । साधना शिविरमा सहभागी हुन चाहनेले समाजको केन्द्रीय कार्यालयमा सम्पर्क गरी जुम आइडी र पासवर्ड प्राप्त गरेर सहभागी हुन सक्ने जनाइएको छ ।

समाजको फेसबूक पेजबाट समेत कार्यक्रम प्रत्यक्ष प्रसारण गरिने छ ।

salt training

कमेन्ट गर्नुहोस्