०७ असार २०८३, आइतबार

सडकमा पहिरो खस्दा जेसीबी चालकको मुत्यु

असोज १२, २०७७
सडकमा पहिरो खस्दा जेसीबी चालकको मुत्यु
प्रतिकात्मक तस्वीर

प्यूठानमा सडक निर्माण गर्ने क्रममा बाटोमाथिबाट पहिरो खस्दा च्यापिएर सोमवार जेसीबी चालकको मुत्यु भएको छ । 

माण्डवी गाउँपालिका–१ डामृखोलास्थित तिरामबाट दाङ जाने (मदनमणि लोकमार्ग) मा सडक निर्माण गर्ने क्रममा माथिबाट आएको पहिराले पुरिँदा सीतगङ्गा नगरपालिका–८ लापे अर्घाखाँचीका ४० वर्षीय नर्सिङ बुढामगरको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलका अनुसार पहिरोले जेसीबी पनि पुरेको छ । 

कमेन्ट गर्नुहोस्