१३ असार २०८३, शनिबार

कोरोनाले धरानमा १ महिलाको मृत्यु

असोज १२, २०७७
कोरोनाले धरानमा १ महिलाको मृत्यु

धरान उपमहानगरपालिका–२ की एक कोरोना संक्रमित महिलाको उपचारको क्रममा सोमवार मृत्यु भएको छ ।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतवार राति भर्ना गरिएका ३८ वर्षीया महिलाको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि ती महिलालाई आइतवार राति ११ बजे प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । कोरोनाको आशंकामा राति नै उनको स्वाब परीक्षण गरिएको थियो । मृत्यु भइसकेपछि उनको कोरोना पोजेटिभ देखिएको थियो । 

उनलाई कुनै पुरानो रोग नभए पनि रगत परीक्षण गर्दा सुगरको मात्रा अत्याधिक देखिएको प्रवक्ता सापकोटाले जानकारी दिए । यससँगै धरानमा कोरोनाले मृत्यु हुनेको संख्या ८ पुगेको छ । 

salt training

कमेन्ट गर्नुहोस्