०२ असार २०८३, मंगलबार

टाटा मोटर्सको सवारी साधन खरिद गर्नका लागि सानिमा बैंकको सहुलियतपूर्ण कर्जा

टाटा मोटर्सको सवारी साधन खरिद गर्नका लागि सानिमा बैंकको सहुलियतपूर्ण कर्जा

काठमाडौं । टाटाका कमर्सिअल गाडीहरु खरिद गर्न इच्छुक हुने उद्यमी र संस्थाहरुलाई सानिमा बैंकले सहज रुपमा कर्जा प्रदान गर्ने भएको छ ।

टाटा मोटर्स नेपालका लागि एकमात्र आधिकारीक बिक्रेता सिप्रदी  ट्रेडिङ्ग  प्रा. लि. र सानिमा बैंकबीच एक सम्झौता भएको छ । सम्झौताअनुसार अब टाटा मोटर्सको कमर्सिअल गाडीहरु खरिद गर्न चाहने खरिदकर्ताले सानिमा बैंकको जुनसुकै शाखा मार्फत सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन् ।
 नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई जारी गरेको निर्देशन, परिपत्र तथा सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान कार्यबिधि, २०७५ को अधिनमा रही बैंकको नीति अनुसार ग्राहकहरुलाई व्यवसायिक प्रयोजनका सवारी साधन खरिद गर्नका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराईने जनाइएको छ । तोकिएको सहुलियतपूर्ण कर्जाभित्र व्यवसायिक कृषि तथा पशुपक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा स्वरोजगार कर्जा, महिला उद्यमशील कर्जा र दलित तथा पिछडिएका समुदाय व्यवसाय विकास कर्जा परेका छन् ।
 टाटाका गाडी खरिद गर्न इच्छुक हुने उद्यमी र संस्थाहरुलाई सहज रुपले नेपाल राष्ट्र बैंकको कार्यविधिभित्र रही कर्जा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा सिप्रदीका तर्फबाट उपाध्यक्ष शौरभ राज थपलिया र सानिमा बैंकका तर्फबाट एस एम ई मिड साइज बिजनेस प्रमुख हिटलर श्रेष्ठले बैंकमा आयोजित एक कार्यक्रमबीच हस्ताक्षर गरेका छन् ।

सरल र सहज कर्जा उपलब्ध गराउने उदेश्यका साथ यो सुविधा सिप्रदी ट्रेडिङ्गका देशभरी रहेका सम्पुर्ण डिलरहरुबाट पनि उपलब्ध हुने जानकारी गराइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्