दक्षिण एसियाली मुलुक भुटानमा कोरोनाभाइरस संक्रमितको संख्या २७३ पुगेको छ । पछिल्लो २४ घण्टामा भुटानमा थप २ जनामा संक्रमण पुष्टि भएको छ भने निको हुनेको संख्या २१० रहेको छ ।
बाँकी (६३)को सामान्य अवस्थामा उपचार भइरहेको समाचारमा जनाइएको छ । भुटानमा हालसम्म कोरोनाबाट कसैको मृत्यु भएको छैन भने आवश्यक सावधानीले कोरोनाको पनि भयावह अवस्था छैन । हालसम्म भुटानमा १ लाख ३४ हजार ६० जनाको कोरोना परीक्षण भएको छ ।