०२ साउन २०८३, शनिबार
मन्त्रिपरिषद् पुनर्गठनको सकस

सेट नै चेञ्ज गरौं– प्रचण्ड, त्यस्तो हुन्न– ओली

सेट नै चेञ्ज गरौं– प्रचण्ड, त्यस्तो हुन्न– ओली

मन्त्रिपरिषद् पुनर्गठनको विषयलाई लिएर नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलवार छलफल भए पनि कुनै निष्कर्ष निस्किन सकेन ।

मन्त्रिपरिषद् पुनर्गठनको विषयलाई लिएर अध्यक्षद्वयबीच लगातार छलफल भइरहेको छ । 

मंगलवारको भेटवार्तामा पनि प्रचण्डले अपवादबाहेक पुराना मन्त्रीलाई हटाएर नयाँलाई अवसर दिनुपर्ने प्रस्ताव गरेका थिए । 

‘नयाँ सन्देश जानेगरी पूरै सेट परिवर्तन गरौं भन्ने प्रचण्डको प्रस्ताव थियो,’ नेकपा स्रोतले लोकान्तरसँग भन्यो । 

पूर्व माओवादी खेमाका एक स्थायी कमिटी सदस्यले सेट नै परिवर्तन गरौं भन्ने प्रचण्डको प्रस्ताव ओलीले नमान्दा ढिलाइ भइरहेको बताए । 

‘स्थायी कमिटीको स्पिरिड अनुसार नै मन्त्रिमण्डल पुनर्गठन गरौं भन्ने प्रचण्डको प्रस्ताव छ, त्यही विषयमा सहमति जुटाउन अध्यक्षबीच छलफल भइरहेको छ,’ ती सदस्यले लोकान्तरसँग भने ।

मन्त्रिपरिषद् पुनर्गठनको विषयलाई लिएर ओली र प्रचण्डबीच बिहीवारदेखि लगातार छलफल भइरहेको छ ।

ओलीले भने सबै मन्त्री हटाउँदा राम्रो काम गरेका समेत हट्ने भन्दै आंशिक पुनर्गठनको पक्षमा अडान लिइरहेको ती सदस्यले बताए । 

व्यापक पुनर्गठन नगरेमा पूर्व माओवादीको कोटामा परेका मन्त्रालयमा आफूले चाहेअनुसार फेरबदल गर्न पाउनु पर्ने अडान प्रचण्डले राखिरहेका छन् । पूर्व माओवादीको भागमा गृहलगायत शिक्षा, ऊर्जा, वन तथा वातावरण, श्रम तथा रोजगार, खानेपानी उद्योग वाणिज्य र आपूर्ति मन्त्रालय परेका छन् । 

प्रधानमन्त्री ओलीले गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्टलाई निरन्तरता दिन प्रस्ताव गरेको स्रोतको दाबी छ । ऊर्जामन्त्री पुनलाई प्रचण्डले नै पुनः दोहोर्‍याउन खोजेको नेकपाभित्र टिप्पणी भइरहेको छ । 

आजभोलिमा सहमति भएन भने मन्त्रिमण्डल पुनर्गठन दशैंपछि धकेलिने सम्भावना रहेको पूर्व एमाले खेमाका एक स्थायी कमिटी सदस्यले बताए । मन्त्रिमण्डल पुनर्गठनको चर्चासँगै नेकपाभित्रका दुवै समूहका सांसद मन्त्री बन्नका लागि तीव्र लबिङमा लागेका छन् । 

गत भदौ २६ गते सम्पन्न स्थायी कमिटी र असोज ४ गते सम्पन्न सचिवालय बैठकले सरकारका काम प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्ने निर्णय गरेको थियो । 

२०७४ साल चैत्रमा पूर्णता पाएको मन्त्रिमण्डल २०७६ मंसिरमा आंशिक पुनर्गठन भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्