
स्थानीय बजारमा मंगलवार पहेंलो धातुको मूल्यमा सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढेको छ ।
महासंघले मंगलवारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ७०० रुपैयाँ तोकेको छ ।
आइतवार र सोमवार सुनको मूल्य स्थिर रहेको थियो । सोमवार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९२ हजार ८०० रुपैयाँ पुगेको थियो ।
चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । मंगलवार चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले वृद्धि भई १ हजार १७५ रुपैयाँ पुगेको छ ।