११ असार २०८३, बिहीबार

मोटरसाइकलसहित १९ किलो गाँजा बरामद

असोज १३, २०७७
मोटरसाइकलसहित १९ किलो गाँजा बरामद
प्रतिकात्मक तस्वीर

सशस्त्र प्रहरीको टोलीले मंगलवार बिहान सिरहाको सुखीपुरबाट ठूलो परिमाणमा लागूऔषध गाँजासहित मोटरसाइकल बरामद गरेको छ । 

सशस्त्र प्रहरी बेश क्याम्प सुखीपुरबाट खटिएको प्रहरी टोलीले सुखीपुर नगरपालिका–४ कविलासीबाट १९ किलो गाँजासहित मोटरसाइकल बरामद गरेको हो ।

गस्तीमा खटिएको सशस्त्र प्रहरीको टोलीलाई देखेपछि मोटरसाइकल र प्लास्टिकको बोरा छाडेर भागेपछि शंका लागेर बोरा जाँच गर्दा गाँजा बरामद भएको सशस्त्र प्रहरी बेश क्याम्प सुखीपुरका प्रहरी निरीक्षक विदेशराज मगरले जानकारी दिए ।

तस्करले प्रयोग गरेको को२९प १४८७ नम्बरको मोटरसाइकल समेत बरामद भएको उनले बताए । बरामद गाँजा र मोटरसाइकल आवश्यक कारवाहीका लागि नेपाल प्रहरीलाई बुझाइने उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्