आफ्नो सानी छोरीलाई पिटेको भन्दै थाइल्याण्डमा एक अविभावक महिलाले स्कूलकी शिक्षिकामाथि आक्रमण गरेकी छन् ।
थाइल्याण्डको एक स्कूलमा नर्सरीमा पढ्ने ३ वर्षकी बच्चीलाई नर्सले पिटेको भिडियो भाइरल भएको थियो । अर्नुमा लोद्प्रोङ नामकी शिक्षिकाले ती बालिकालाई बेस्सरी कुटेकी थिइन् ।
बालिकालाई पिटेको भिडियो अविभावकले देखेपछि उनलाई पनि रिस उठ्यो । अनि चलिरहेको कक्षामा गएर शिक्षिकालाई बेस्सरी कुटिन् ।
बालिकालाई पिटिएको विषयमा स्कूलमा शिक्षक/शिक्षिकाबीच छलफलसमेत भएको थियो ।
ती शिक्षिकाले यसअघि पनि बाल-बालिकालाई पिट्ने गर्थिन् । कतिपयलाई ट्वाइलेटमा समेत लगेर थुन्ने गर्थिन् ।
स्कूल प्रशासनले बालिका पिटेको भन्दै स्थानीय प्रशासनमा खबर पनि गरेका थिए । तर ती शिक्षिका अविभावकको रीसको झोँकमा परेर चुटाइ खाइछाडिन् ।