०४ असार २०८३, बिहीबार

यातायातमा मात्रै होइन स्कुलमा जोरबिजोर प्रणाली

यातायातमा मात्रै होइन स्कुलमा जोरबिजोर प्रणाली

कोरोनाभाइरसको कहरका कारण हाल देशका विभिन्न जिल्लामा यातायातमा जोर बिजोर प्रणाली रहेको बेला  तनहुँमा पठन पाठनमा पनि जोरबिजोर प्रणाली लागू गरिएको छ । जिल्लाको म्याग्दे गाउँपालिकाले विद्यालयमा विद्यार्थीको भीडभाड कम गर्न जोर बिजोर प्रणाली लागु गरेको हो । एक सयदेखि दुई सय वा सो भन्दा बढी विद्यार्थी भएका विद्यालयमा जोर बिजोर प्रणाली मार्फत् पठनपाठन शुरु गराउन गाउँपालिकाले सबै विद्यालयलाई पत्राचार गरेको छ ।

धेरै विद्यार्थी सङ्ख्या भएका विद्यालयलाई दिन बिराएर जोर दिन जोर कक्षा र बिजोर दिन बिजोर कक्षा सञ्चालन गर्न निर्देशन गरिएको गाउँपालिका अध्यक्ष मायादेवी रानाले बताए । उनका अनुसार एक सय जनासम्म विद्यार्थी रहेका विद्यालयमा भने बिहान र दिउँसो कक्षा सञ्चालन गराउन भनिएको छ ।

कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीका कारण अवरुद्ध पठनपाठनलाई नियमित गराउन गाउँपालिकाले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका बमोजिम पठनपाठन शुरु गराउने तयारी गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्