१४ असार २०८३, आइतबार

विद्युत् प्राधिकरणले निकाल्यो देशभरका ग्राहकका लागि सूचना ! यस्तो छ जरिवानाको व्यवस्था

विद्युत् प्राधिकरणले निकाल्यो देशभरका ग्राहकका लागि सूचना ! यस्तो छ जरिवानाको व्यवस्था

नेपाल विद्युत् प्राधिकरणले देशभरका ग्राहकका लागि सूचना जारी गर्दै लकडाउनका बेलाको महसुल भुक्तानीमा छुट र थप दस्तुर (जरिवाना) बारे स्पष्ट पारेको छ ।

कोभिड–१९ संक्रमणले गर्दा लकडाउन भएकाले विद्युत्को मिटर रिडिङ तथा बिलिङ समयमा हुन नसक्दा उपभोक्तामा अन्योल रहेकाले त्यसलाई स्पष्ट पार्न प्राधिकरणले सूचना जारी गरेको हो ।

गोरखापत्र दैनिकमा प्रकाशित सूचना अनुसार २०७७ भदौ महिनाको महसुल भुक्तानी गर्दा असोज २२ गतेसम्म थप दस्तुर नलाग्ने र असोज २३–३० गतेसम्म ५% थप दस्तुर लाग्ने जनाइएको छ ।

ग्राहक स्वयंले नै मिटर रिडिङ गरी अनलाइनमा विवरण अद्यावधिक गर्न सक्ने वा ११५० नम्बरमा फोन गरेर पनि रिडिङ अंक टिपाउन सकिने सूचनामा उल्लेख छ ।

ग्राहकले खपतको आधारमा अग्रिम भुक्तानी गरेर महसुल रकममा छुट समेत पाउन सक्ने प्राधिकरणले जनाएको छ ।

यस्तो छ सूचना –


 

salt training

कमेन्ट गर्नुहोस्