संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् अन्तर्गत उत्तर कोरिया प्रतिबन्ध समितिका विज्ञहरूले तेल आयातमाथि लगाइएको अन्तर्राष्ट्रिय प्रतिबन्धलाई उत्तर कोरियाले छलिरहेको बताएका छन् ।
सोमवार समितिका विज्ञहरूले सन् २०२० को पहिलो पाँच महिनामा उत्तर कोरियाले वार्षिक ५ लाख ब्यारल आयातको सीमा पार गरेको बताए । अनि पुंग्येरी आणविक परीक्षण केन्द्रमा सवारी आवागमन बढेको पनि उनीहरूले उजागर गरे ।
समितिले बुझाएको अर्धवार्षिक प्रतिवेदनमा डायमन्ड ८ नामक सिएरा लियोनको झण्डा भएको जहाज पीत समुद्र हुँदै उत्तर कोरियाको नाम्पोमा पुग्यो गत फेब्रुअरी र मार्च महिनामा प्रशोधित तेल दियो भनी उल्लेख गरिएको छ ।
डायमन्ड ८ ले दुवै अवसरमा स्वचालित पहिचान प्रणाली विना नै १० दिन बिताएको पाइएको छ ।
आणविक कार्यक्रम जारी राख्न यी आयातहरू गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । उसले संवर्धित युरेनियम र परीक्षणात्मक लाइटवाटर रियाक्टर पनि उत्पादन गरिरहेको छ ।
बेइजिङ र मस्कोका प्रतिनिधिहरूले यस प्रतिवेदनलाई खारेज गर्र्दै यसका निष्कर्षहरू अनुमान र आकलनले भरिएको बताएका छन् ।