१२ असार २०८३, शुक्रबार

रुकुमकोटमा हट्यो निषेधाज्ञा

रुकुमकोटमा हट्यो निषेधाज्ञा

रुकुम(पूर्व)को अस्थायी सदरमुकाम रुकुमकोटमा लगाइएको निषेधाज्ञा हटेको छ । एक साताअघिदेखि गरिएको निषेधाज्ञा गए राति १२ बजेदेखि सकिएको हो । 

 जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठक आजै बसेर रुकुमकोटमा जारी निषेधाज्ञा हटाइएको जानकारी गराएको छ ।

जिल्लामा समुदायस्तरमै कोरोनाको सङ्क्रमण फैलिएपछि जिल्ला प्रशासन कार्यालयले यही असोज ७ गते राति १२ बजेदेखि निषेधाज्ञा जारी गरेको थियो ।

रुकुमकोटमा निषेधाज्ञा जारी हुनुभन्दा दुई साताअघिदेखि रुकुमकोट बन्द गरिएको थियो । रुकुमकोटमा निषेधाज्ञा हटेसँगै जनजीवन सामान्य बन्दै गएको प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताए ।

अहिले सरकारले तोकेका स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गर्दै दैनिक कामकाज गर्ने गरी निषेधाज्ञा हटाएको प्रजिअ राईको भनाइ छ ।

जिल्लावासीले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरे नगरेको  पनि प्रशासनले निगरानी गर्ने छ । कोही कसैले  लापरबाही गरेको पाइएमा सङ्क्रामक रोग ऐनअनुसार कारवाही गरिने प्रजिअ राईले बताए ।

अहिलेसम्म जिल्लामा कुल ७४ जनालाई कोरोना पोजेटिभ देखिएको छ । अहिले जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ३२ छ ।

salt training

कमेन्ट गर्नुहोस्