
कोरोनाविरुद्धको खोपको विकास गरिसकेको घोषणा गरेको रसियामा कोरोनाबाट २० हजार ७२२ जनाको मृत्यु भएको छ भने दैनिक संक्रमितको संख्या पनि बढ्दो छ ।
हालसम्म सो मुलुकमा ११ लाख ७६ हजार बढीमा संक्रमण पुष्टि भएको छ भने ९ लाख ५८ हजार बढी निको भइसकेका छन् ।
कोरोनाभाइरसको संक्रमणबाट हालसम्म विश्वभर भने मृत्यु हुनेको संख्या १० लाख १३ हजार ७१४ पुगेको छ ।
यस्तै सक्रमित हुनेको संख्या विश्वभर तीन करोड ३९ लाख छ । कूल संक्रमितमध्ये दुई करोड ५२ लाख निको भएका छन् भने करिब ७७ लाख मानिस सक्रिय संक्रमित छन् ।