१९ असार २०८३, शुक्रबार

म्याक्रों डरका उम्मेदवार हुन् : स्लाभोज जिजेक

कात्तिक २०, २०७४
म्याक्रों डरका उम्मेदवार हुन् : स्लाभोज जिजेक

काठमाडौं, २६ वैशाख — फ्रान्सको राष्ट्रपति निर्वाचनमा इम्मानुएल म्याक्रों विजयी भएपछि स्लोभेनियाका प्रसिद्ध दार्शनिक स्लाभोज जिजेकले उनको आलोचना गरेका छन् ।


‘उनी युरोपको सबभन्दा खराब तत्त्वको प्रतिनिधित्व गर्छन् र ले पेनको डरका कारण मात्र उनी विजयी भएका हुन्,’ जिजेकले भने ।

म्याक्रों र ले पेन दुवैसँग सकारात्मक दृष्टि नभएको जिजेकको टिप्पणी थियो ।

जिजेकका अनुसार म्याक्रोंका विरुद्ध मत दिने व्यक्तिहरू मात्र फ्रान्सका वास्तविक आशा थिए र उनीहरूले उदारवादी ब्ल्याकमेललाई प्रतिकार गरे । ‘परिस्थिति गम्भीर भएको छ, सबैजना म्याक्राेंसँग एकताबद्ध हौं,’ भनी उदारवादीहरूले ब्ल्याकमेल गरेका थिए ।

‘तर जनताले भने : माफ गर्नुस् । हामीहरू तपाईंको खेल खेल्न तयार छैनौं । यो फासिवादी त्रासलाई पुष्टि गर्ने राजनीतिसँग हामीलाई मतलब छैन,’ जिजेकले भने ।

‘मरिन ले पेन त डरकी उम्मेदवार हुँदै हुन् । उनले आप्रवासी, विदेशी त्रास, आर्थिक पूँजीवाद लगायतका कुराको डर देखाइन् । तर म्याक्रों पनि डरकै उम्मेदवार थिए । उनले ले पेनको डरलाई उचाले । उनी आफ्नो कारणले भन्दा पनि ले पेनको डरलाई भजाएर जितेका हुन्,’ जिजेक भन्छन् ।

अहिले युरोपभरि यही डरको राजनीति हावी रहेको जिजेकको मूल्यांकन छ । ‘युरोपेली सम्भ्रान्तहरूले राम्ररी शासन चलाउन सकेका छैनन् र परिवर्तनहरू अत्यन्त आवश्यक छन्,’ उनी थप्छन् ।

आरटीबाट

salt training

कमेन्ट गर्नुहोस्