काठमाडौँ, २५ वैशाख - सरकारले सप्तरीको राजविराजमा फागुन २३ गते मारिएका पाँच जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । नेकपा एमालेले आयोजना गरेको मेची–महाकाली अभियानका क्रममा राजबिराजमा भएको घटनामा प्रहरीको गोलीलागी पाँच जनाको मृत्यु भएको थियो ।

नेपाल सरकार मन्त्रीपरिषद्को सोमवार बसेको बैठकले राजविराजमा मारिएका सन्जन महतो, आनन्द साह, पीताम्बरलाल मण्डल, वीरेन्द्र महतो र किरण यादवलाई शहीद घोषणा गरेको हो । मोरङमा मारिएका वासुदेव साह तथा ताप्लेजुङमा मारिएका वन रक्षक गणेशबहादुर शाहीलाई सहिद मान्ने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकले चीनको ‘एक क्षेत्र एक मार्ग’ अवधारणामा हस्ताक्षर गर्ने निर्णय पनि गरेको छ ।