१० असार २०८३, बुधबार

प्रदेश राजधानी दाङको पक्षमा उभिन नेकपाको ह्वीप, दायाँबायाँ गरे कारवाही हुने निर्णय

असोज १७, २०७७
प्रदेश राजधानी दाङको पक्षमा उभिन नेकपाको ह्वीप, दायाँबायाँ गरे कारवाही हुने निर्णय

नेकपा प्रदेश ५ संसदीय दलको बैठकले पार्टीले प्रदेशको राजधानी दाङ र नाम लुम्बिनी बनाउने प्रस्तावलाई समर्थन गरेर जाने निर्णय गरेको छ ।

शनिवार बिहान मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बसेको बैठकले प्रदेश सरकारले संसदमा पेस गरेको प्रस्तावको पक्षमा लाग्ने निर्णय गरेको हो ।

नेकपा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले सबैको भावनालाई समेटेर प्रदेशको राजधानी दाङ गराउने सरकारको निर्णयलाई मानेर अगाडि बढ्ने बैठकले निष्कर्ष निकालेको जानकारी दिए । दाङको पक्षमा मतदान गर्नुपर्ने, पार्टीले ह्वीप जारी गर्ने र त्यसविरुद्ध उभिए कारवाही समेत हुन निर्णय गरेको ढकालले जानकारी दिए । 

‘हाम्रो दलले निर्णय गर्‍यो । भोलि हामी सर्वदलीय बैठक बस्छौं । यो विषयमा संसदमा पनि छलफल हुन्छ,’ उनले भने । प्रदेश सभामा ८७ सांसदमध्ये नेकपामा ६१ जना छन । साविक लुम्बिनी अञ्चलका सांसदले बैठकमा विरोध जनाएका थिए । प्रदेश सरकारले निर्णय गरेर राजधानी दाङ राख्न प्रदेश सभामा प्रस्ताव दर्ता गराइसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्