०१ असार २०८३, सोमबार

काठमाडौंमा थपिए १ हजार १७७ कोरोना संक्रमित

काठमाडौंमा थपिए १ हजार १७७ कोरोना संक्रमित

राजधानी काठमाडौं उपत्यकामा १ हजार १७७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

जसमध्ये काठमाडौं जिल्लामा १ हजार १, भक्तपुरमा ६७ र ललितपुरमा १०९ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा देशभर थप २ हजार १२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोभिड–१९ को राष्ट्रिय अद्यावधिक विवरण सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले संक्रमितको संख्या २ हजार १२० थपिएको जानकारी दिए ।

पछिल्लोपटक १२ हजार ९७८ जनाको आरटी–पीसीआर परीक्षण गरिएको थियो । उनका अनुसार देशभर सक्रिय संक्रमित २१ हजार ३०२ रहेका छन् । जसमध्ये संस्थागत आइसोलेसनमा ९ हजार ७७३ जना र होम आइसोलेसनमा ११ हजार ५२९ जना छन् ।


पछिल्लो २४ घण्टामा २ हजार ४४ जना डिस्चार्ज भएका प्रवक्ता गौतमले बताए ।

salt training

कमेन्ट गर्नुहोस्