२४ असार २०८३, बुधबार

भगवानसँग माफी मागेको चिट्ठी छाडेर जब चोरले उडायो दानपेटिका

भगवानसँग माफी मागेको चिट्ठी छाडेर जब चोरले उडायो दानपेटिका

भारतको मध्य प्रदेशको बैतुल जिल्लामा चोरीको अनौठो घटना सार्वजनिक भएको छ । 

त्यहाँको एक मन्दिरमा चोरले भगवानको मूर्तिका अगाडि चिट्ठी राखेर मन्दिरको दानपेटी फुटायो अनि त्यहाँको नगद चोरेर चम्पत भयो । 

सिद्धेश्वर हनुमानजीको मन्दिरमा यो घटना भएको हो । चोरले चिट्ठीमा आफ्ना सबै अपराध माफ गर्न भनेको छ । साह्रै तनावमा परेपछि अपराध गर्न बाध्य भएको चोरको भनाइ छ । चिट्ठी दानपेटीनजिकै राखिएको छ । 

बिहान श्रद्धालुहरू मन्दिर पुग्दा पट खुलेको थियो । अनि दानपेटी फुटेको थियो । त्यहाँ पैसाको साटो चिट्ठी थियो र त्यसमा चोरले भगवानलाई सम्बोधन गरेको थियो । 

चोरीको घटना भएपछि गाउँलेहरू रिसाएका छन् । दानपेटी विगत तीन वर्षदेखि नखोलिएको बताइएको छ । पेटीमा लगभग ८० हजार रुपैयाँ रहेको बताइएको छ । 

प्रहरीले चोरको खोजी शुरू गरिसकेको छ । 

चोरको चिट्ठीमा यस्तो लेखिएको छ, ‘मैले अहिलेसम्म गरेको अपराधका लागि क्षमा माग्छु । आजदेखि म कहिल्यै चोरी गर्दिनँ । सबै कुरा ठीक भएमा म तपाईंको कुनै पनि मन्दिरमा गएर ८०० रुपैयाँ दान गर्नेछु ।’

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्