२३ असार २०८३, मंगलबार

कोरोना भाइरसविरुद्ध थरीथरीका औषधिको परीक्षण जारी

असोज १८, २०७७
कोरोना भाइरसविरुद्ध थरीथरीका औषधिको परीक्षण जारी

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले कोेरोना संक्रमण भएपछि परीक्षणात्मक औषधि लिइरहेको भनी खबर आइरहेका छन् । 

कोभिडको उपचारका लागि विभिन्न थरीका औषधि र खोपहरूको चर्चा बजारमा छ । 

एकताका हाइड्रोक्सीक्लोरोकिनको व्यापक चर्चा थियो । अनि अत्यन्तै गम्भीर रोगीहरूलाई डेक्सामेथासोन नामक औषधिले पनि काम गरेको प्रमाणहरू पाइन्छन् । 

शनिवार आरईजीएन–कोभ२ भन्ने खासै चर्चा नसुनिएको औषधिको सिंगल ८ ग्राम डोज ट्रम्पलाई दिइएको भनी रेगेनेरोन फार्मासुटिकल्सले बयान जारी गरेर पुष्टि गर्‍यो । दुईवटा मोनोक्लोनल एन्टीबडीहरू मिसाएर उक्त औषधि तयार पारिन्छ । 

आरईजीएन–कोभ२ लगायतका अनेकौं औषधिहरू कोरोनाविरुद्ध परीक्षण गरिएका छन् र ती प्लाज्मा थेरापीकै हिस्सा हुन् । औषधि बनाउनेहरूले कोभिड रोगीहरूलाई निको बनाउन प्लाज्माबाट एन्टीबडीहरू आइसोलेट गर्न खोजिरहेका छन् । प्लाज्माको २०० मिलिलिटर दिनुको साटो विशेष एन्टीबडीहरू दिन खोजिएको हो । 

भारतमा फाभिपिराभिर र रेमडेसिभिर नामक एन्टीभाइरलहरू दिएर कोभिडको उपचार गरिँदैछ । 

अनि कोभिडको सामान्य ज्वरो आएका र होम आइसोलेसनमा बसेका रोगीहरूका लागि इन्भरमेक्टिन–डोक्सीसाइक्लिनको संयोजन सही हुने पनि बताइँदैछ । 

तर यी औषधिहरूलाई विशाल स्तरमा उपयोग गरिएको छैन । तिनीहरूले कोभिड रोगीलाई साँच्चै निको पार्छन् भन्ने विषय प्रमाणित भइसकेको छैन । 
 

salt training

कमेन्ट गर्नुहोस्