०५ साउन २०८३, मंगलबार

प्रदेश राजधानी बुटवल नै कायम गर्नुपर्ने नेकपा रुपन्देहीको माग

प्रदेश राजधानी बुटवल नै कायम गर्नुपर्ने नेकपा रुपन्देहीको माग

नेकपा जिल्ला कमिटी रुपन्देहीले प्रदेश ५ को राजधानी बुटवल नै कायम गर्न आग्रह गरेको छ । दाङ राजधानी बनाउने प्रदेश सरकारको प्रस्ताव उपयुक्त नभएको निष्कर्ष निकालेको हो ।

जिल्ला कमिटीले आइतवार विज्ञप्ति जारी गर्दै प्रदेश सरकारले स्थायी राजधानीका सन्दर्भमा गरेको निर्णयले संविधानको भावना आत्मसात नगरेको निष्कर्ष निकालेको छ  ।

कोरोना महामारीको अवस्थामा प्रदेशको नामाकरण र स्थायी मुकाम तोक्ने निर्णय अनुपयुक्त रहेको अध्यक्ष शिवराज सुवेदी र सचिव नारायणबहादुर जिसीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रदेश सरकारले ठूला धनराशी खर्च गरेर संरचना, पूवार्धारसमेत निर्माण गरिसकेकाले बुटवललाई नै स्थायी मुकाम बनाउन रुपन्देही जिल्ला कमिटीले माग पनि गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्