२३ असार २०८३, मंगलबार

६० लाखमा बिक्री हुन लागेको पाटे बाघको छालासहित ४ जना पक्राउ

६० लाखमा बिक्री हुन लागेको पाटे बाघको छालासहित ४ जना पक्राउ

पाटे बाघको छाला सहित ४ जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ । 

काठमाडौंको स्वयम्भू क्षेत्रमा प्रतिबन्धित पाटे बाघको छाला अवैधरूपमा ६० लाखमा कारोवार हुन लागेको भन्ने सूचनाको आधारमा धादिङ गल्छी गाउँपालिकाका ४३ बर्षीय टेकबहादुर तामाङ, २८ बर्षीय सुजन थिङ, २७ बर्षीय आशिष तामाङ र २४ बर्षीय मकवानपुर थाहा नगरपालिकाका सानुकान्छा थिङलाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) इश्वर कार्कीले जनाकारी दिए ।

आज (आइतवार) विहान साढे १० बजेको समयमा काठमाडौंमा स्वयम्भूको होटल प्लाजाको कोठामा नम्बर २०८ मा लुकिराखेको अवस्थामा पाटे बाघको छाला सहित पक्राउ गरेको महाशाखाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्