२४ जेठ २०८३, आइतबार

पोखरा महानगर प्रज्ञा प्रतिष्ठानमा ११ जनाको नाम सिफारिस

असोज १८, २०७७
पोखरा महानगर प्रज्ञा प्रतिष्ठानमा ११ जनाको नाम सिफारिस

पोखरा महानगरपालिकामा प्रज्ञा प्रतिष्ठान गठनका लागि ११ जनाको नाम सिफारिस भएको छ । 

सिफारिस समितिले आइतबार पदमराज ढकाल, मेनकाजी गुरुङ, धनबहादुर गायक, प्रकाश ज्ञवाली, सरस्वती श्रेष्ठ सरु, जीवन दाहाल, मिलन शेरचन, कृष्णप्रसाद भण्डारी, मोतीबहादुर कार्की (परिवर्तन), प्रतीक थापा र सुरज उपाध्यायको नाम सिफारिस गरेको हो । 

पोखरा–७ का वडाध्यक्ष रामचन्द्र बरालको संयोजकत्वमा गठित सिफारिस समिति सदस्यमा विज्ञ सदस्य मनकुमार श्रेष्ठ र महानगरका सूचना अधिकारी भरतराज पौडेल सदस्य थिए । 

प्रतिष्ठानका संरक्षक रहेका मेयर मानबहादुर जिसीले कुलपति, उपकुलपति र परिषद् सदस्य एवं सदस्य चयन गर्नेछन् । तीमध्ये २ परिषद् सदस्य र ४ सभा सदस्य रहने व्यवस्था छ ।

सम्बन्धित विधाको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका व्यक्तिहरू मध्येबाट २ जना महिलासहित प्रमुखले तोकेको ८ जना सदस्य रहने व्यवस्था ऐनमा छ । प्रतिष्ठानमा २ जना कार्यपालिका बोर्ड सदस्यसमेत रहनेछन् भने प्रमुख प्रशासकीय अधिकृत सदस्यसचिव रहने व्यवस्था छ ।

सिफारिसमध्ये कुलपतिमा पदमराज र उपकुलपतिमा मेनकाजी चयन हुने सम्भावना प्रवल छ ।
 

salt training

कमेन्ट गर्नुहोस्