२८ असार २०८३, आइतबार

आफ्ना समर्थक रिझाउन ट्रम्पले गरे खतरनाक स्टन्ट, भयो आलोचना

असोज १९, २०७७
आफ्ना समर्थक रिझाउन ट्रम्पले गरे खतरनाक स्टन्ट, भयो आलोचना

कोरोनाभाइरसको उपचार गराइरहेका अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प आइतवार वाल्टर रीड नेसनल मिलिटरी मेडिकल सेन्टरबाट केही समयका लागि बाहिर निस्केका छन् । 

उनले सुरक्षाकर्मीहरूका साथ एसयूभी गाडी चढेर आफ्ना समर्थकहरूलाई हात हल्लाएका थिए । 

अस्पताल बाहिर भेला भएका समर्थकहरूतिर उनले गाडीभित्रैबाट हात हल्लाएका थिए । उनले एसयूभीको पछिल्लो सीटमा मास्क लगाएर बसेको देखिन्थ्यो । आफ्नो स्वास्थ्यस्थिति सही रहेको भनी देखाउनका लागि उनले यो स्टन्ट गरेको बताइएको छ । 

तर उनको यो निर्णयले उनका सुरक्षाकर्मीहरूलाई कोरोनाको जोखिममा पारेको छ र उनले यस रोगको संक्रामक प्रकृति तथा जोखिमलाई गम्भीरताका साथ नलिएको देखिएको छ । 

ट्रम्पका चिकित्सकहरूले आइतवार उनको अवस्थाका विषयमा पत्रकारहरूलाई बताएका थिए । उनको अक्सिजन स्तर चिन्ताजनक रूपमा घटेको बताइएको छ । 

चीफ अफ स्टाफले पत्रकारहरूलाई ट्रम्पको महत्त्वपूर्ण अंगले काम नगरिरहेको भनी बताएपछि उनी एकदमै रिसाएका थिए । त्यसैले आइतवार सार्वजनिक रूपमा देखिएर उनले आफू रोगको नियन्त्रणमा नरहेको देखाउन खोजेका छन् । 

ट्रम्पको उपचार गरिरहेका एक चिकित्सक डा जेम्स फिलिपले गाडीमा सुरक्षाकर्मी लिएर यस्तो अवस्थामा घुमेकोमा कठोर आलोचना गरेका छन् । 

‘राष्ट्रपतिको एसयूभी बुलेटप्रूफ मात्र नभई रासायनिक आक्रमण रोक्नका लागि सील समेत गरिएको छ । गाडीभित्र कोभिड–१९ संक्रमणको जोखिम अत्युच्च हुन्छ । यस्तो गैरजिम्मेवारीपना आश्चर्यजनक छ । सिक्रेट सर्भिसका सुरक्षाकर्मीहरूलाई यस्तो हर्कत गर्न बाध्य बनाइएकोमा मेरो सहानुभूति उनीहरूप्रति छ,’ फिलिप्सले ट्वीट गरे । 

ट्रम्पले अस्पतालमा अन्यलाई, चालकलाई अनि सुरक्षाकर्मीलाई जोखिममा पारेको भए पनि ह्वाइट हाउसका प्रवक्ता जुड डीयरले राष्ट्रपतिलाई बाहिर जान दिनका लागि स्वास्थ्यकर्मीहरूले अनुमति दिएको बताए । अनि यात्राका क्रममा पर्याप्त पूर्वसतर्कताहरू अपनाइएको जानकारी पनि उनले दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्