०५ साउन २०८३, मंगलबार

चीनसँगको विवादका बीच भारतीय सेना र वायुसेनाले संयुक्त कारवाही गर्ने

असोज १९, २०७७
चीनसँगको विवादका बीच भारतीय सेना र वायुसेनाले संयुक्त कारवाही गर्ने

भारतमा तीनैथरी सेनाको संयुक्त कमान्डका लागि चीफ अफ डिफेन्स स्टाफको पद सिर्जना गरेको १० महिनापछि सेना र वायुसेनाले पूर्वी लद्दाख सेक्टरमा चिनियाँ फौजहरूलाई संयुक्त रूपमा टक्कर दिन खोजेका छन् । 
 

लेहको एयरफील्डमा भारतीय वायुसेनाका सी–१७, इल्युशिन–७६ र सी–१३०जे सुपर हर्क्युलिस विमानहरू अग्रपंक्तिमा खटिएका सैनिकका लागि खानेकुरा र हातहतियार लिएर उडिरहेका छन् । 

सेनाप्रमुख जनरल मनोज मुकुन्द नरवणे र वायुसेना प्रमुख आरकेएस भदौरिया सहपाठी हुन् र असल मित्र पनि हुन् । 

चिनियाँ सेनासँग गतिरोधको स्थितिमा रहेको भारतीय सेनाले धरातलमा विकसित घटनाक्रमका विषयमा वायुसेनालाई अद्यावधिक खबर दिइरहेको छ । वास्तविक नियन्त्रण रेखामा परिस्थिति थप गम्भीर बनेमा संयुक्त कारवाही गर्ने योजना पनि सेना र वायुसेनाले बनाएका छन् ।

चीन र पाकिस्तान दुवैको सामना गर्ने तयारी भारतीय फौजहरूले गरिरहेका छन् । 
 

लेहबाट पूर्वी लद्दाखमा रहेको वास्तविक नियन्त्रण रेखातिर इन्डस नदीमाथि चिनूक हेलिकप्टरहरू उडिरहेका छन् । कठोर जाडोमा चिनियाँ फौजको सामना गरिरहेका भारतीय सैनिकहरूलाई बन्दोबस्तीको सामान ती हेलिकप्टरले पुर्‍याइरहेका छन् । 
 

कमेन्ट गर्नुहोस्