०३ साउन २०८३, आइतबार

बिहार विधानसभा निर्वाचन : भाजपाको दुविधाका कारण मतदाता अन्योलमा

असोज १९, २०७७
बिहार विधानसभा निर्वाचन : भाजपाको दुविधाका कारण मतदाता अन्योलमा

भारतको बिहारमा विधानसभा निर्वाचन आउनै लाग्दा मतदाताहरू कसलाई मत दिने भन्ने विषयमा रनभुल्ल परेको देखिएको छ । 

प्रधानमन्त्री नरेन्द्र मोदीसँग मुख्यमन्त्री नीतीश कुमार पोस्टरमा देखिन्छन् । अनि अर्को पोस्टरमा उनी चिराग पासवानसँग देखिन्छन् । 

मोदी कसको साथमा छन् भन्ने स्पष्ट छैन । नीतीश र चिराग दुवै नेता एनडीए गठबन्धनमा छन् । तर नीतीशको दल जेडीयू आफ्नो गठबन्धन भाजपासँग रहेको, चिरागको दल एलजेपीसँग आफ्नो कुनै साइनो नरहेको बताउँछन् । 

अनि एलजेपी पनि आफ्नो सम्बन्ध भाजपासँग मात्र रहेको बताउँदैछ । चिराग र नीतीश दुवैलाई मोदीसँग बस्न मन छ । 

बिहारमा एनडीएको धर्मसंकट नै यही हो । एकातर्फ नीतीश अनि अर्कातर्फ चिराग । 
 

चिरागले जेडीयूविरुद्ध प्रत्येक सीटमा चुनाव लड्ने घोषणा गरेको छ । यसले गर्दा मोदीलाई गाह्रो परेको छ । 

गठबन्धन साझेदारको नाताले मोदी जेडीयूका लागि अनि एलजेपीका लागि पनि प्रचार गर्न बाध्य छन् । अब जेडीयू र एलजेपी प्रतिद्वन्द्वी हुँदा मोदीले कसको पक्ष लिने ? 

विगत केही दिनदेखि चिरागले नीतीश सरकारविरुद्ध बयान दिइरहेका छन् । कोरोना व्यवस्थापनमा चुकेको भन्दै उनले मुख्यमन्त्रीलाई पत्रहरू लेखेका छन् । नीतीशविरुद्ध चिराग आरपारको लडाइँ गर्न खोजिरहेका छन् । 

मोदी, गृहमन्त्री अमित शाह, भाजपा अध्यक्ष जेपी नड्डा सबैले एनडीए बिहारमा नीतीश कुमारको नेतृत्वमा चुनाव लडेको बताइरहेका छन् । उनी नै मुख्यमन्त्रीका अनुहार भएको भन्दैछन् । 

तर एनडीएकै साझेदार चिराग पासवानलाई नीतीशको अनुहार हेर्न मन छैन । उनलाई त मोदी मात्र मन पर्छन् । 

उनी भाजपाको नेतृत्वमा बिहारमा सरकार बनाउन चाहन्छन् र आफ्नो दल त्यसको साझेदार बनोस् भन्छन् ।

यस्तो अवस्थाका कारण बिहारका मतदाताहरू रनभुल्लमा छन् । मोदीका समर्थकहरू कसलाई साथ दिने भनी सोच्नै सकिरहेका छैनन् । भाजपाले यस विषयलाई झनै जटिल बनाइरहेको छ । चिरागको राजनीतिक खेलमा ​भाजपाको हात छ भन्दैछन् । 
 

भाजपाले जेडीयू र एलजेपीको उल्झन नसुल्झाएसम्म मोदी समर्थकहरूको मत बाँडिने सम्भावना छ । दुई डुंगामा सवारी गर्दा भाजपालाई घाटा लाग्न सक्छ ।
 

salt training

कमेन्ट गर्नुहोस्