०२ असार २०८३, मंगलबार

टिभिएसको मोटरसाइकल दराजमा किन्ने पहिलो २० जनालाई थप ५५०० छुट

टिभिएसको मोटरसाइकल दराजमा किन्ने पहिलो २० जनालाई थप ५५०० छुट

जगदम्बा मोटर्स र दराज एपबीच व्यवसायीक सम्झौँता भएको छ । यी दुई कम्पनी बीच भएको सम्झौँताले दराज एपबाट टिभिएसका मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकलाई प्रत्यक्ष फाइदा पुग्ने छ । 

दुबै कम्पनीले गरेको सम्झौँताले दराज एपबाट टिभिएसका मोटरसाइकल तथा स्कुटर खरिद गर्ने सुरुवाती २० जनाले ५ हजार ५०० रुपैयाँ बराबरको स्पेशल डिस्काउन्ट भौचर प्राप्त गर्न सक्ने छन् । 

यसका साथै बम्पर उपहारमा दराज एपबाट मोटरसाइकल तथा स्कुटर खरिद गर्ने मध्य एक जनाले टिभिएस आरटीआर १६० फोर भी सिंगल डिस्क मोटरसाइकल जित्न सक्ने छन् । 

जगदम्बा मोटर्स प्रालि र दराज एपबीच भएको सम्झौँता आज अक्टोबर ५ देखि अक्टोबर १४ तारिखसम्म ‘दराज दशैं धमाका’ नामक स्कीममा टिभिएसका मोटरसाइकल खरिद गर्ने ग्राहकले यस्तो छुट प्राप्त गर्न सक्ने छन् । 
यस योजनाका बारेमा बोल्दै जगदम्बा मोर्टस प्रालिका भाइस प्रेसिडेन्ट दिपक कुमार अग्रावालले भने, ‘हामी जगदम्बा मोटर्स सधै ग्राहकलाई केही न केही नयाँ दिने प्रयासमा हुने छौं । दशैं नजिकिएको छ, कोभिड १९ को असर लगायतका विषयम परिस्थितिसँग हामी जुधिरहेका छौं । यस्तो अवस्थामा पनि ग्राहकलाई केही थप सुविधा दिन हामीले दराजसँग मिलेर नयाँ स्कीम ल्याएका हौं । यस स्कीममा दराजबाट मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकलाई थप सुविधा घोषणा गर्न पाउँदा हामी निकै खुसी र उत्साहित छौं ।’

कम्पनीले संचालन गरेको ‘टिभिएस दशैंको आशा’ योजना अन्तर्गत दिइएको मोटरसाइकलमा ९ हजार छुट र स्कुटरमा ७ हजार छुटको स्कीम ग्राहकले दराजमा पनि पाउने छन् ।

साथै, कम्पनीले हरेक हप्ता गर्दै आएको बम्पर लक्की ड्र मार्फत टिभिएस आरआर ३१० मोटरसाइकल जित्ने अवशर पनि प्राप्त गर्ने छन् । यस लक्की ड्रमा सहभागिता जनाउन भने टिभिएको मोटरसाइकल तथा स्कुटर किनै हुनु पर्ने छैन । मोटरसाइकल तथा स्कुटर खरिद नगर्ने मानिसले पनि धधध।तखकलभउब।िअयmरम्बकजबष्ल मा गएर फारम  भरेर सहभागि हुन सक्ने छन् । 

जगदम्बा मोटर्स प्रालि नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो । नेपालभर १०० भन्दा बढी सेल्स सर्भिस र स्पेर्स डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरुको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ । 

कम्पनीले ११० देखि ३१० सीसीसम्मका गुणस्तरीय उत्पादनहरु राडियन, स्ट्राइकर, म्याक्स १२५, अपाचे आर टि आर १६०, अपाचे आरटीआर १६० फोर भी, अपाचे आरटिआर २०० ४भी, अपाचे आरआर ३१०, एन्टर्क १२५, वेगो र जुपिटर क्लासिक लगायतका मोडलहरु बिक्री वितरण गर्दै आएको छ । 

salt training

कमेन्ट गर्नुहोस्