१२ असार २०८३, शुक्रबार

मुख्यमन्त्री पौडेलका स्वकीय सचिवलाई संक्रमण

असोज २२, २०७७
मुख्यमन्त्री पौडेलका स्वकीय सचिवलाई संक्रमण

बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयका १ जनालाई कोरोना संक्रमण भएको छ ।

मुख्यमन्त्री पौडेलका स्वकीय सचिवलाई संक्रमण पुष्टि भएपछि मुख्यमन्त्री कार्यालय र निवासमा उच्च सतर्कता अपनाइएको छ ।

परिवारका सदस्यलाई संक्रमण पुष्टि भएपछि ती स्वकीय सचिव १५ दिनदेखि घरमै बसेका र कार्यालयमा उनको कसैसँग भेटघाट नभएको जनाइएको छ ।

सामान्य रुघाखोकी लाग्ने र टाउको दुख्ने भएपछि कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको र अहिले आफू होेम आइसोलेसनमा रहेको उनले बताए । सामान्य रुघाखोकीबाहेक अन्य लक्षण नदेखिएको र पछिल्लो १०–१५ दिनदेखि होम क्वारेन्टीनमा रहेकाले परिवारबाहेक अन्य व्यक्तिसँग भेटघाट नभएको उनले बताए ।

एक स्वकीय सचिवलाई संक्रमण भए पनि मुख्यमन्त्रीको नियमित कार्य भने प्रभावित नहुने जनाइएको छ । ‘मुख्यमन्त्रीज्यूले विगतदेखि नै पर्याप्त सामाजिक दूरी र उच्च सावधानी अपनाएर आफ्ना कार्य गर्दै आउनुभएको छ, त्यो निरन्तर रहन्छ,’ मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव अनुप पौडेलले भने । भेटघाटलाई भने न्यून पारिएको उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्