
अमेरिकाका उपराष्ट्रपति माइक पेन्सले विपक्षी डेमोक्रेटिक पार्टीकी सिनेटर कमला ह्यारिससँग बुधवार राति बहस गर्दैगर्दा पेन्सको सेतो कपालमा झिंगा आएर केही समय बसेपछि सामाजिक सञ्जालमा चर्चा चुलिएको छ ।
झिंगा पेन्सको कपालमा कैयौं मिनेटसम्म बसिरहँदा टीभी हेरिरहेका दर्शकहरूको ध्यान त्यतै केन्द्रित भएको थियो । कर र व्यापारको सुक्खा चर्चा भइरहेको बेलामा बोर मानेका दर्शकहरूको ध्यान यसले खिचेको हो ।
‘
झिंगाले बहस जित्यो,’ ओरेगनका एक लेखक जीन डन्कनले ट्विटरमा लेखिन् ।
झिंगा पेन्सको टाउकोमा बसिरह्यो र उनले टाउको हल्लाए पनि डेग चलेन । पेन्सको देब्रे आँखा निकै रातो देखिन्थ्यो ।
केही समयपछि झिंगा उडेर गयो तर यसको चर्चा कम भएन ।
ट्विटरमा याट माइकपेन्सफ्लाई नामक अकाउन्ट खुल्यो अनि हजारौंले त्यसमा तत्काल फलो गरे ।
राष्ट्रपति उम्मेदवार जो बाइडनले ट्विटरमा झिंगा मार्ने जालीसहितको आफ्नो तस्वीर पोस्ट गरे अनि समर्थकहरूलाई भने, ‘पाँच डलर दिएर यस अभियानलाई बुलन्द बनाउनुस्’ ।
Pitch in $5 to help this campaign fly. https://t.co/CqHAId0j8t pic.twitter.com/NbkPl0a8HV
— Joe Biden (@JoeBiden) October 8, 2020
झिंगा केही समयसम्म पेन्सको टाउकोमा बसेको विषयमा ट्विटरमा अनेकौं रमाइला पोस्टहरू गरिएका छन् ।