२४ जेठ २०८३, आइतबार

यूएईमा देशको जनसंख्याभन्दा बढी कोरोना परीक्षण !

असोज २२, २०७७
यूएईमा देशको जनसंख्याभन्दा बढी कोरोना परीक्षण !

संयुक्त अरब अमिरात (यूएई) ले कोरोनाभाइरस परीक्षणमा विश्व कीर्तिमान कायम गरेको छ । 

देशको जनसंख्याभन्दा बढी कोभिड–१९ परीक्षण गर्ने ऊ पहिलो देश भएको छ । उसले महामारी शुरू भएदेखि अहिलेसम्म एक करोडभन्दा बढी परीक्षण गरेको छ । उसको कुल जनसंख्या ९६ लाख छ । 

संसारमा सबभन्दा बढी कोरोना परीक्षण गर्ने देश चीन हो । उसले १६ करोड परीक्षण गरेको छ । 

अमेरिकाले बुधवारसम्म ११ करोड परीक्षण गरेको छ । त्यसपछि भारत तेस्रो स्थानमा छ, उसले ८ करोड परीक्षण गरेको छ । 

यूएई सरकारका आधिकारिक प्रवक्ता डा उमर अल हम्मादीले खलीज टाइम्सलाई बताएअनुसार, यूएईमा कोरोना संक्रमणको कुल केस एक लाखभन्दा बढी छ । 

अहिलेसम्म यूएईमा कोरोनाका कारण ४३६ जनाको ज्यान गएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्