०३ साउन २०८३, आइतबार

प्रहरीको पोशाक लगाएर अब म्युजिक भिडियो र टिकटक बनाए कारवाहीमा परिने

प्रहरीको पोशाक लगाएर अब म्युजिक भिडियो र टिकटक बनाए कारवाहीमा परिने

नेपाल प्रहरीले प्रहरी प्रधान कार्यालय, जनसम्पर्क तथा प्रचार–प्रसार इकाइसँग स्वीकृति नलिई नेपाल प्रहरीले प्रयोग गर्ने पोशाक, दर्ज्यानी चिह्न र मोनोग्राम प्रयोग नगर्न, नगराउन आग्रह गरेको छ ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक कुवेर कडायतले बिहीवार एक विज्ञप्ति प्रकाशित गरी चलचित्र, टेलिचलचित्र, म्युजिक भिडियो र टिकटकमा प्रहरीको पोशाक लगाएर भिडियो बनाउन नपाइने उल्लेख गरेका हुन् । 

प्रहरीको अनुमतिबेगर पोशाक दुरुपयोग गरिए प्रचलित कानूनबमोजिम कारवाही हुने विज्ञप्तिमा उल्लेख छ । 
 

salt training

कमेन्ट गर्नुहोस्